कपिलवस्तुको बुद्धभुमी नगरपालिकाद्धारा बुढ्ढी खेल मैदानमा पाचौ मेयर कप तथा राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सुरु भएको छ । पानसमा दीप प्रज्जवलन गरी प्रतियोगीताको बिधिवत उदघाटन गर्दै लुम्बिनी प्रदेशकी पर्यटन, ग्रामीण तथा शहरी विकास राज्य मन्त्री रिना नेपालले पालिकामा भईरहको मेयर कप र राष्ट्रपति रनिङ शिल्डले खेलाडीहरुले अवसर पाई रहेको बताईन । उनले यही अवसर मार्फत आफनो प्रतिभा देखाउदै पालिका र जिल्लाकै नाम उचो राख्ने काम समेत खलाडीहरुले गरेको बताईन ।
उनले लुम्बिनी प्रदेश सरकारले कपिलवस्तुमा खेलकुद सहीत पुर्वाधार , पर्यटन लागतयतका क्षेत्रमा अन्य जिल्ला भन्दा बढी बजेट बिनियोजन गरेको बताईन । सो अवसरमा नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठले आफनो कार्यकाल सकिन लाग्दा पाचौ बर्ष सम्म जारी रहेको यी प्रतियोगीताले खेलाडीहरुले के कस्तो लाभ पाए त्यस्को मुल्यांकन गर्ने बेला आएको बताए । उनले नगरपालिकाले खेल क्षेत्रलाई सूरु देखि नै प्राथमिकतामा राखेको भन्दै जसले गर्दा यहाका खेलाडीले राष्ट्रिय स्तरमा समेत राम्रो प्रर्दशन गरेको बताए । पालिमा गरिएको यस्तो प्रतियोगीताले खेलाडीहरु बिच प्रतिस्पर्धा भई आफनो प्रतिभा समेत देखाउने मौका पाएको उनले बताए ।
कक्षा ८ सम्म आधारभुत तहको मेयर कप र नौ देखि १२ सम्मको राष्ट्रपति रनिङ शील्ड फागनु २१ सम्म चल्ने नगरपालिका शिक्षा तथा खेलकुद शाखाका प्रमुख कृष्ण प्रसाद भट्टराईले बताए ।
प्रतियोगीतमा एथलेटिक्स, भलीबल लगातयका खेल हुनेछन । मेयर श्रेष्ठको अध्यक्षता, शिक्षा शाखा प्रमुख भट्टराईको संचालनमा भएको कार्यक्रममा कांग्रेस नगर अध्यक्ष माधव दमासे, एमाले नगर अध्यक्ष देबीराम बेल्बासे, प्रमुख प्रशासकीय अधिकृत केशवराज सुवेदी, प्रशासन प्रमुख राजन कुमार पोख्रेल लागतयले शुभकामना मन्तब्य दिएका थिए ।
उदघाटन सत्रमा सहभाग िबिद्यालयका खेलाडीहरुले मार्च पास गर्नुकासाथै, नृत्यु, करातको काता प्रर्दशन गरिएको थियो । कार्यक्रममा उप मेयर मीरा थारु बिभिन्न राजीतक दलका नेता, सामाजिक ब्यक्तित्वहरुको समते सहभागीता थियो