दाङको घोराही लमही सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने भएको छ । सडक डिभिजन कार्यालय दाङले एक सूचना निकालेर फागुन २२ गतेदेखि ३० गतेसम्म दैनिक ९ घण्टा बन्द हुने जनाएको छ ।
सडक मर्मत गर्नुपर्ने भएकाले बेलुका ७ बजेदेखि बिहान ४ बजेसम्म गाडी चलाउन पूर्ण रुपमा बन्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख रामपुकार जैसवालले जानकारी दिनुभयो।