सत्ता गठबन्धनका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। एमसीसी पास भइसकेपछिको अवस्थामा कसरी अगाडि बढ्ने, सत्ता गठबन्धनको आगामी बाटो, चुनावी छलफल र समसामयिक राजनीतिक विषयमा छलफल चलिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले जनाएको छ।
बैठक ९ बजेदेखि प्रधानमन्त्री निवास बालुवाटारमा चलिरहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जनाकारी दिए।
छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेस महामन्त्री गगन थापा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु छलफलमा सहभागी छन्।