प्रदेश स्थापना दिवसको पुर्व सन्ध्यामा कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नं. ४ गजेहडामा रहेको सामाजिक विकास डिभिजन कार्यालयले वाणगंगा नगरपालिका भित्र सञ्चालित कक्षा १२ सम्म पठन पाठन हुने विद्यालयका प्राचार्यहरु संगको अन्तरक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ ।
समृद्धिका लागि आत्मनिरभर प्रदेश भन्ने मुल नाराका साथ यहि फागुन ३ गते प्रदेश स्थापना दिवस मनाउदै गर्दा लुम्बिनी प्रदेशको सामुदायिक शिक्षाको विकासमा प्रदेश सरकार तथा सरोकारवालाको भुमिका कार्यक्रम प्रस्तुती तथा अन्तरक्रिर्या कार्यक्रमका प्रमुख अतिथी प्राध्यापक डाक्टर आन्द शाक्यले शिक्षाका क्षेत्रमा ल्याउनु पर्ने सुधार शिक्षा सम्बन्धी नितिगत व्यवस्था ,राष्ट्रिय शिक्षा नीति कार्यान्वयनमा प्रदेश सरकारको भुमिका,लुम्बिनी प्रदेशको शैक्षिक अवस्था,शिक्षा तालिम केन्द्रलाई अझ प्रभावकारी वनाउनका लागि के कस्ता कार्यक्रम सञ्चालन तथा योजना वनाउनु पर्छ भन्ने आदि बिषय बस्तु सहितको कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।
जिल्ला शिक्षा समन्य ईकाईका प्रमुख थानेश्वर घिमिरेले देश संघीयतामा गए पछि शिक्षा क्षेत्रमा थप अन्योलता थपिदै गएको कुनै पनि निति स्पष्ट नरहेकोले कुनै पनि शिक्षक १५ दिन सम्म लगातार विद्यालयमा उपस्थीत नरहेको खण्डमा कारवाही गर्ने प्रावधान छ । तर त्यो शिक्षकलाई कस्ले कारवाही गर्ने भन्ने कुनै अधिकार नहुदा सामुदायिक विद्यालयको गुणस्त दिनानु दिन खस्कने होकी भन्ने संका पैदा हुन लागेको उहाँले वताउनु भयो ।
बिभिन्न सामुदायिक विद्यालय,क्याम्पसको तर्फबाट प्रतिनिधित्व गर्दै कार्यपत्र माथि सुझाव सहितका आफना भनाई राख्ने क्रममा वाणगंगा मा.वि लौगाईका क्यापस प्रमुख डि.वी रेस्मीले सामुदायिक स्तरमा सञ्चालित क्यामपसको अवस्था शैक्षिक गुणस्तर राम्रो रहेता पनि चलाउनका लागि निकै गारो रहेको वताउदै सरकारले शिक्षाका क्षेत्रमा स्पष्ट निति वनाएर अगाडि बढेमा मात्र शिक्षामा आमुल परिवर्तन ल्याउन सकिने वताउनु भयो ।
कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख सुर्य प्रसाद भुषालको अध्यक्षता, प्रमुख अतिथी प्राध्यापक डाक्टर आन्द शाक्य, जिल्ला शिक्षा समन्य ईकाईका प्रमुख थानेश्वर घिमिरे,वाणगंगा शिक्षा शाखा प्रखुख उप – सचिव वावुराम भट्टराई, सामुदायिक रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल, बिभिन्न सामुदायिक विद्यालयका प्राचार्यहरुको उपस्थीती रहेको कार्यक्रमको सञ्चालन सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुका शाखा प्रमुख माधव बन्जाडेले गर्नु भएको थियो ।