आई.सी.एफ.सी फाईनान्स लिमिटेड ओदारी शाखा कपिलवस्तुको शाखा स्थानान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ भवनमा स्थान्तरण कार्यक्रमको उद्घाटन वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारु र वाणगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष सोमनाथ थारुले संयुक्त रुपमा उद्घाटन गर्नु भएको हो ।
राष्ट्रिय स्तरको यस फाईनान्सका देश २० बटा शाखा र एक वटा एक्सटेन्सन काउन्टर रहेको बैकले वित्तिय क्षेत्रमा उदाहरणीय काम गर्दै बिभिन्न क्षेत्रमा सरलर सहज कर्जा प्रदान गर्दै आएको बैकका क्षेत्रिय प्रवन्धक बिकल क्षेत्री,ले वताउनु भयो ।
कार्यक्रममा वोल्दै वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुले यस बैकले गर्दा ओदारी क्षेत्रका मात्र नभएर वाणगंगा वासीले सहज रुपमा कर्जा प्राप्त गर्नका लागि र बिभिन्न बितिय क्षेमामा सहज रुपमा कारोवार गर्न सकेको वताउदै बैकहरु यो क्षेत्रमा धेरै रहेका छन् । तर आई.सी.एफ.सी बैकले प्रदान गर्ने सेवा सुवीधा सबै बैकले सहज रुपमा प्रदान गर्न नसकेको यस बैकले गर्न सफल भएकोमा आगामि दिनमा पनि रचनात्मक कार्यको अपेक्षा गर्दै बितिय क्षेत्रमा प्रगतिको अझ प्रगतिको कामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा वाणगंगा नगरपालिकाका नगर प्रमुख मंगल प्रसाद थारुको प्रमुख आतिथ्यता, वाणगंगा नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष सोमनाथ अर्यालको बिशिष्ट आतिथ्यता ,आई.सी.एफ.सी फाईनान्स लिमिटेडका क्षेत्रिय प्रवन्धक बिकल क्षेत्री,बुटल शाखाका प्रवन्धक कमल ज्ञवाली ,भैरहवा शाखा प्रमुख रमेश प्रसाद ज्ञवाली, ड्राईभर टोल शाखा प्रमुख दिपक अर्याल,सामुदायिक रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल, समाज सेवी रबि वहादुर काफले लगायको उपस्थीती रहेको कार्यक्रमको सञ्चालन शाखा प्रबन्धक कुमार थापा राष्कोटीले गर्नु भएको थियो ।