बाणगंगा नगरपालिका वडा नं.९ चौवा निवासी ६० बर्षीय वृद्ध रामसमुज थारु पाँच ओटा भरुवा बन्दुक सहित आईतबार पक्राउ परेका हुन् ।
थारुको घरगोठमा लोड गरिएको अवस्थामा बन्दुकहरु लुकाईछिपाई राखिएको भन्ने गोप्य सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले थारुलाई गरेको प्रहरीले जनाएको छ ।
थारुलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाईएको प्रहरीले वैखरी अनलाईनलाई जानकारी दिएको छ ।
शनिबार पनि प्रहरीले बाणगंगा नगरपालिका वडा नं.२ कोठीखोला किनारबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ गरेको थियो ।