बगनासकाली गाउँपालिका-२ पोखराथोककी ७३ वर्षीया गौकुमारी श्रेष्ठको आगोले जलेर मृत्यु भएको छ। माघ १८ गते घरमा आगो ताप्ने क्रममा अचानक उनका दुवै खुट्टा र हात जलेको थियो।
गौकुमारीको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा बिहीवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिए। घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।